१६ चैत्र २०८०, शुक्रबार

२१ वर्षीय युवक बने गाउँपालिका अध्यक्ष
  • न्युज मानसराेवर

बाँके\२१ वर्षका एक युवक गाँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका २१ वर्षीय बशिष्ट कुमार निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित भएका बशिष्टले ३ हजार ७४३ मत ल्याए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमारले ३ हजार ६२६ मत ल्याए।यसअघि सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवक अध्यक्षमा निर्वाचित भएका थिए।  माओवादीबाट उम्मेदवारी दिएका २२ वर्षीय युवक राजाबाबु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

  • ४ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech