१६ चैत्र २०८०, शुक्रबार

१५ औं गणतन्त्र दिवसको अवसरमा निवर्तमान अध्यक्ष रुचाल द्धारा शुभकामना व्यक्त
  • न्युज मानसराेवर

बैजनाथ\  बैजनाथ गाउँपालिका निवर्तमान अध्यक्ष मान बहादुर रुचालले गणतन्त्र स्थापना भएको १४ वर्ष पूरा भएर १५ वर्षमा लागेको अवसरमा शुभकामना व्यक्त गरेका छन। उनले लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्ने अग्रज तथा यस अभियानमा सहभागी हुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको रुचालको धारण रहेको छ ।

नेपालको संविधान २०७२ मार्फत जनताका आधारभूत अधिकार सुनिश्चित गरेको बताउदै सबै तहका सरकार प्रमुखहरुले तद अनुरुप कार्य सम्पादन गर्न आवश्यक रहेको उनले बताएका छन।  समृद्ध बैजनाथ गाउँपालिका निमार्णमा सबैको आवश्यक सहयोग र समन्वयन मार्फत जनताका विकशित आधारभूत आवश्यकताहरु तर्फ समेत न्यायोचित सम्बोधन गर्न स्थानीय सरकार लाई आग्रह गरेका छन ।

उनले नागरिक अधिकार प्राप्तिका लागि भएका राजनीतिक क्रान्तिमा सहादत प्राप्त गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली पनि व्यक्त गरे।

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech