१३ बैशाख २०८१, बिहीबार

अध्यक्ष शाही द्धारा १५ औं गणतन्त्र दिवसको शुभकामनाः समृद्ध बैजनाथ निमार्ण नै आफ्नो प्रमुख उदेश्य
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले १५ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन । उनले गणतन्त्र दिवस २०७९ का अवसरमा आज शुभकामना दिंदै गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवम् सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न स्थानीय सरकारले विशेष ध्यान दिने  उल्लेख गरेका   छन।

गणतन्त्र दिवसका अवसरमा देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना समेत गरेका छन ।

त्यसै गरी गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।अध्यक्ष शाहीले समृद्ध बैजनाथ निमार्णमा सबैको साथ सहयोगको अपेक्षा समेत गरेका छन।

शाहीले  आम नागरिक पिछडा वर्ग श्रमिक वर्गहरुको उत्थानमा स्थानीय सरकारको प्रमुख दाहित्व रहने र त्यसले लोकतन्त्रको आधारभूत महशुस स्थानीय जनताहरुलाई गराउने स्थानीय सरकार र आफ्नो प्रमुख भूमिका रहने समेत उल्लेख गरेका छन।

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech