१४ बैशाख २०८१, शुक्रबार

स्यानिटरी प्याडको आयातमा ९० प्रतिशत कर छुट
  • न्युज मानसराेवर

बाँके\ सरकारले स्यानिटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । सरकारको सो घोषणाले स्यानिटरी आयातित प्याडको मूल्य उल्लेख्य घट्ने छ ।

अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको भन्सार घटाउनुका साथै नेपालमा स्यानिटरी प्याड उत्पादनका लागि लाग्ने कच्चापदार्थको आयातमा पनि १ प्रतिशतमात्रै भन्सार लाग्ने बताए ।

सरकारी निकायले वितरण गर्ने स्यानिटरी प्याड अनिवार्य रुपमा स्वदेशी उत्पादन हुनुपर्ने बजेटमा उल्लेख छ ।

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech