१३ बैशाख २०८१, बिहीबार

राप्तीसोनारी गाउँपालिकामा नेकपा एमालेको एकल बहुमत
  • न्युज मानसराेवर

बाँके\ बाँकेको राप्ती सोनारी गाउँपालिकाको कार्यपालिका सदस्यमा  नेकपा एमालेको एकल बहुमत  भएको छ ।  सदस्य निर्वाचन भएका छन। कूल कार्यपालिमा १७ मध्य ११ सदस्य नेकपा एमाले बाट उम्मेदवारहरु निर्वाचित छन।

आज भएको कार्यपालिका सदस्यहरुको निर्वाचनमा नेकपा एमालेका ६ जना निर्वाचित भएका हुन।

यसरी  निर्वाचित हुनेहरुमा नेकपा एमाले तर्फबाट महिला सदस्यहरुमा ४ जना र पुरुष २ जना निर्वाचित भएको राप्ती सोनारी गाउँपालिका निर्वाचन अधिकृत टोपेन्द्र बहादुर केसीले जानकारी गराएका छन।

निर्वाचित महिला सदस्यहरुमा सुमित्रा कुमारी थारु ,यम कुमारी वली गौत्रा कुमारी डागीँ राधिका सुनार भएका छन भने दलित अल्पसंख्य सदस्यमा थान बहादुर विक केशव राज दमाई निर्वाचित भएका छन।

  • १६ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech