७ बैशाख २०८१, शुक्रबार

सञ्चारिका समूह नेपाल बाँके शाखाको अन्तरक्रिया सम्पन्न
  • न्युज मानसराेवर

बाँके\ सञ्चारिका समूह बाँकेले जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु सँग अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेको छ ।

जिल्लामा महिला पत्रकारहरुको अवस्था तथा निर्वाचित जनप्रतिनिधि बाट शुशासनयुक्त सेवा विस्तारमा जोड दिनु पर्ने अन्तरक्रियामा सञ्चारिका समुहमा आवद्ध पत्रकारहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले महिला पत्रकाहरुको क्षमता विकास सगै जिल्लामा सञ्चारिका समुह बाट सिफारिस भएका ३ जना महिला पत्रकारहरुलाई प्रत्येक वर्ष नगद सहित नेपालगञ्ज उपमहानगरले सम्मान गर्ने बताए । उनले संचार क्षेत्रको विकासमा महिला पत्रकारहरुको सवलिकरण गर्न स्थानीय सरकार आतुर रहेको बताए ।

विगत के भयो त्यो म भन्न सक्दैन अबका ५ वर्ष संचारमैत्री नीति अनुरुप कार्य सम्पादन गर्ने प्रतिवद्ध छु। विष्टले भनेका छन।

अन्तरक्रियामा बोल्दै  बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायाले संचार क्षेत्रको विकासमा स्थानीय सरकार कटिबद्ध रहेको बताएकी छन। त्यसै गरी कोहलपुर नगरपालिका उप प्रमुख संगिता सुवेदीले महिला पत्रकारहरुको सवलीकरण तथा क्षमता विकासमा कोहलपुर नगरपालिकाले सञ्चारिका समुह बाँके सँग समन्वय गरी कार्यक्रम तय गर्ने प्रतिवद्धता जनाइन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव ,प्रेस चौतारी बाँकेका अध्यक्ष, सञ्चारिका संस्थापक अध्यक्ष ,पूर्व सञ्चारिक समुह नेपाल बाँके जिल्ला अध्यक्ष  उद्योग बाणीज्य संघ नेपालगञ्ज महासचिव चिरञ्जीवि ओली लगाएतले कार्यक्रममा धारणा राखेका थिए । कार्यक्रमको अध्यक्षता सञ्चारिका समुह बाँकेका अध्यक्ष रुपनी जि.एमले गरेकी थिइन।

   कार्यक्रममा बाँकेका सबै स्थानीय तहका जनप्रतिनिधि भनिएतापनि यद्यपी कार्यक्रम भने सबैको सहभागिता रहेको थिएन ।

  • १८ जेष्ठ २०७९, बुधबार प्रकाशित

  • Nabintech