१९ आश्विन २०७९, बुधबार

‘प्रतिनिधि सभाको कार्यकाल मंसिर २२ सम्म’
  • न्युज मानसराेवर

बाँके\निर्वाचन आयोगले प्रतिनिधि सभाको कार्यकाल मंसिर २२ सम्म मात्र हुने भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ। उक्त मितिमा हाल प्रतिनिधि सभामा निर्वाचित भएकाहरूको म्याद सकिने जानकारी गराउने तयारी आयोगले गरेको हो।

२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पहिलो पटक मंसिर २२ गते निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएकाले त्यसपछिको ५ वर्ष सदस्यहरूको कार्यकाल हुने प्रमुख आयुक्त दिनेश थपलियाको भनाइ छ।

२०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव  दुई चरणमा भएको थियो। २०७४ मंसिर ११ उच्च पहाडी तथा हिमालका जिल्लामा भएको थियो भने मंसिर २१ गते तराई र पहाडी जिल्लामा मतदान भएको थियो। दोस्रो चरणको मतदान सकिएपछि मात्र पहिलो चरणको पनि मतगणना सुरु भएको थियो।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech