४ बैशाख २०८१, मंगलवार

श्रमिक अस्पतालका लागि बुटवलमा सम्भाव्यता अध्ययन
  • न्युज मानसराेवर

बुटवल\ श्रमिकलाई लक्षित गरी छुट्टै श्रमिक अस्पताल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको छ। नेपाल तथा विदेशमा काम गर्ने नेपाली श्रमिक एवं नेपालमा काम गरिरहेका विदेशी श्रमिकलाई लक्षित गरी अस्पताल निर्माण गर्ने सरकारी तयारी छ।

सोही तयारी अनुसार रुपन्देहीमा अस्पताल निर्माणका लागि जग्गाको खोजी गर्न टोली आएको हो। सम्भाव्यता अध्ययन टोलीले भैरहवामा उद्योगी, व्यवसायी, श्रमिक, सरकारी कर्मचारीसँग अस्पतालको मोडल, जग्गा उपलब्धता लगायतको विषयमा छलफल गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–सचिव डाक्टर दीपक काफ्लेको संयोजकत्वमा गठित टोलीले सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनका लागि श्रमिक अस्पताल निर्माण गर्नुपर्ने देखिएकाले सम्भाव्यतथा अध्ययन थालिएको बताए।

सह–सचिव काफ्लेले ७० लाखभन्दा बढी आन्तरिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरुको परिवारका सदस्यका लागि कार्यस्थलमा हुने दुर्घटना, मातृत्व संरक्षण, बिरामी हुँदा औषधि उपचार सुविधा उपलब्ध गराउने, पेशागत कारणले लाग्ने रोगको रोकथामका लागि अनुसन्धान, निदान एवं उपचार गर्न विशेषज्ञ अस्पताल विकास गर्ने सरकारको योजना रहेको बताए। योगदानमा आधारिक सामाजिक सुरक्षा कार्यक्रमले उपलब्ध गराउने श्रमिकको स्वास्थ्य उपचार सम्वन्धि व्यवस्था कार्यान्वयन गराउन उपयोगी हुने भएकाले अस्पताल निर्माणको अवधारणा अघि बढाइएको काफ्लेले बताए।

काफ्लेले अस्पताल विकास समिति मोडल वा अस्पताल निर्माण परियोजना निर्माण मोडेले गरी २ वटामध्ये कुन तरिकाबाट अस्पताल सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताए। सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० मा अस्पतालको डिपिआरको लागि बजेट समेत बिनियोजन गरिसकेको छ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech