१३ बैशाख २०८१, बिहीबार

शहिद सेतु विकको शालिक तोडफोडप्रति एमाले बाँकेको आपत्ति
  • न्युज मानसराेवर

बाँके\शहिद सेतु विकको शालिक तोडफोड गरेको प्रति नेकपा एमाले बाँकेले आपत्ति जनाएको छ । एमाले बाँकेका अध्यक्ष किस्पमत कुमार कक्षपतिले शालिक तोडफोड गरिएको प्रति घोर निन्दा गर्दै भत्र्सना गरेका छन् ।

०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउनु पर्नेमा जनआन्दोलनमा ज्यान गुमाउने शहिदकै शालिक तोडफोड गर्ने कार्य निन्दनीय भएको कक्षपतिको भनाई छ ।

संघीयतालाई बलियो बनाउनु सबै लोकतान्त्रिक शक्तिहरुको साझा जिम्मेवारी रहेको उनले विज्ञप्तिमार्फत जनाएका छन् ।

बिहीवार विहान नेपालगञ्जमा रहेको शहिद सेतु विकको शालिकमा केहि युवाहरुले तोडफोड गरेका थिए । धम्बोजिमा स्वा. पूर्व वीरेन्द्रको शालिक राख्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि त्यसको प्रतिकारमा सेतु विकको शालिक तोडफोड भएको थियो ।

नेपालगञ्जमा वीरन्द्रको शालिक राख्नेक्रममा बिहीवार विहान विवाद भएपछि प्रहरीले गोली समेत चलाएको थियो ।

  • १९ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech