बुटवल\लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जनताको जीवनस्तर परिवर्तन हुने गरी सेवा प्रवाह गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । उनले जनताको जीवनस्तरका लागि जस्तोसुकै चुनौतीको सामना गरेर भए पनि काम गर्नुपर्ने उनको भनाइ छ ।
उनले लुम्बिनी सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना शेरचनले संविधानले स्थानीय सरकार, प्रदेश, संघीय सरकारलाई संविधानले प्रदान गरेको अधिकारलाई पालना गर्दै सहकार्यका साथ अगाडि बढ्न अनुरोध गरे ।
कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद के.सी.ले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहलाई समन्वय गरी लुम्बिनी प्रदेशवासी जनताको जीवनस्तरलाई आमूल परिवर्तन गर्नका लागि अनुरोध गरे । प्रदेश सरकार समृद्धि प्रदेश आत्मनिर्भर लुम्बिनी बनाउनका लागि प्रदेश सरकार लागेको उनको भनाइ छ । उनले जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीय तह नै भएकाले जनताको सुख, दुखमा साथ दिनका लागि अनुरोध गरे ।