१३ बैशाख २०८१, बिहीबार

आज दिनभरको मौसम कस्तो रहला ?
  • न्युज मानसराेवर

बाँके\सोमवार बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा वर्षा भइरहेको मौसम विभागले जनाएको छ ।विभागका अनुसार सोमवार बिहान प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली भएको छ ।

पछिल्लो समय मुलुकको मौसममा नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव रहेको समेत विभागले जनाएको छ । आज दिनभर प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा  सामान्य बदली  रहि बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ ।विभागका अनुसार, आज दिनभर प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech