८ बैशाख २०८१, शनिबार

क्यासिनोबाट सात नेपाली पक्राउ
  • न्युज मानसराेवर

बाँके। बाँके प्रहरीले होटल सिटी प्यालेस भित्र सञ्चालनमा रहेको सिटी इ गेमिङ्ग क्लब क्यासिनोबाट ७ जना नेपालीलाई पक्राउ गरेकोे छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले नेपालगञ्जको धम्बोझी चोक नजिक रहेको होटल सिटी प्यालेसभित्र सञ्चालित उक्त क्यासिनोबाट ७ जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई आईतबार बेलुका करिब ७ बजे पक्राउ गरिएको हो । डिएसपी न्यौपानेले क्यासिनो भित्र प्रवेश गरि गुण्डागर्दी गर्ने, धम्क्याउने गरेकाले उनीहरुलाई पक्राउ गरिएको बताए ।

नेपालको कुनै पनि क्यासिनोमा विदेशीबाहेक नेपालीलाई प्रवेशमा प्रतिबन्ध छ । तर, नेपालगञ्जका क्यासिनोहरुले निर्वाधरुपमा नेपालीलाई प्रवेश गराई जुवा खेलाउने कार्य गरिरहेका छन् ।

 

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech