सुर्खेत\ जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन् । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै १३ मत प्राप्त गरेर विजयी भएका हुन् । सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गरिन् ।
स्वतन्त्रबाट निर्वाचित शाही नेपाली कांग्रेस दैलेखका उपसभापति थिए । उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ । जिसस प्रमुखमा निर्वाचित शाहीलाई एमालेले सहयोग गरेको थियो । एघार वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी २२ जना मतदाता थिए । जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाताले मतदान गरेका थिए ।