७ जेष्ठ २०८१, सोमबार

बसन्ते मकैको बजारीकरणका बारेमा सर्वपक्षिय अन्तरक्रिया
  • न्युज मानसराेवर

बाँके \बाँकेमा बसन्ते मकैको उत्पादन र बजारिकरणको बारेमा किसान, व्यावसायी, दाना उद्योगलगायतको सरोकारवाला निकायका बीचमा छलफल गरिएको छ ।

नेपाल बिउ तथा मल परियोजना र मकै व्यवसायिकरण सञ्जाल बाँकेले आयोजना गरेको कार्यक्रममा बाँकेमा बसन्ते मकैको बजार व्यवस्थापन स् चुनौती र अवसरको बारेमा अन्तरक्रियात्मक छलफल गरिएको हो ।

कार्यक्रममा एनसाफ सिमिटिका प्रबन्धक डा।नारायण खनालले किसानले बसन्ते मकैको उत्पादन गरेर त्यसलाई संकलन गर्ने तरिका, छोडाउने र भण्डारण गर्ने तरिकाको बारेमा जानकारी गराउदै उनीहरुलाई त्यसको बजारिकरणको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको बताए ।

उनले भने–‘हामीले किसान, व्यापारी र दाना उद्योगका प्रतिनिधिलाई एकै ठाँउमा राखेर बसन्ते मकैको उचीत बजारीकरण र मकै खेती प्रति किसानको आकर्षण गराउन कार्यक्रमको आयोजना गरेका हौ ।’ उनले किसानले उत्पादन बढाउदै जाँदा उचित बजारीकरण हुन नसकेको गुनासो आएको कारण समस्याको जरो पत्ता लगाउन कार्यक्रम आयोजना गरिएको दाबी गरे ।

बाँके राप्तीसोनारीका किसान जमान सिंह ओलीले किसानले उत्पादन गरेको बसन्ते मकै भण्डारण गर्न र दाना निकाल्न समेत केही समस्या भएको बताए । उनले भने–‘ किसानले थोरै थोरै मात्र खेती लगाएको हुन्छ । थोरै माल खरिदको लागि व्यावसायी किसानकोमा पुग्न नसक्ने र किसानले पनि व्यवसायिकोमा थोरै मकै लिएर जान नसक्दा उचित मुल्य पाउन नसकेको गुनासो आएको हो ।’

उनले किसानले मकै भण्डारण गर्न र छोडाएर ‘मोईस्चर’, खोईला तथा धुलो नभएको मकैको राम्रो मूल्य भएको तर, सबै एकैठाँउमा भएको मकैको भने मुल्य पाउन गाह्रो हुने गरेको आफ्नो अनुभव सुनाए ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बसन्ते मकैको खेतीको राम्रो संभावना रहेको बाँकेमा किसानले बजार नपाएको तथा उत्पादनलाई गुणस्तरिय बनाउन नसकेको जस्ता गुनासा रहे पनि जिल्लामा बसन्ते मकै खेती बृद्धि हुँदै गएको बताए ।

उनले बसन्ते मकै गर्ने किसानले आफ्नो खेतबारीमा ३ खेती उर्ताने गरेकोले प्रायजसो एैच्छिक रुपमा मात्रै लगाउने गरिएको बसन्ते मकै खेती अहिले भने व्यवसायिक रुपमा किसानहरु जुटेको पाईएको बताए । उनले भने–‘ बसन्ते मकैको खेती गर्ने किसानका समस्यालाई कार्यालयको तर्फबाट सक्दो सहजिकरण गर्न हामी प्रयासरत छौ ।’

एनसाफ सिमिटका दिपक काफ्लेले सहजिकरण गरेको कार्यक्रममा जिल्लाका मकै उत्पादक किसान, सहकारी संस्था, मकै खरिद गर्ने व्यवसायी र दाना उत्पादकहरु सहभागि रहेको कार्यक्रममा मकै उत्पादक किसानहरुले उत्पादन भएको मकै भण्डारणमा समस्या हुनुको साथै बजारिकरणमा समेत समस्या हुँदै आएको बताएका थिए, भने व्यवसायिले भण्डारण र बाली भित्र्याउने समयमा भएको असावधानीका कारण उत्पादनको गुणस्तर कमजोर हुने गरेकोले उचित मूल्य पाउन नसकेको बताएका थिए ।

  • २८ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech