कोहलपुर\साहित्यकार तथा आख्यानकार वसन्त पराजुलीको मोम्चो कथासङ्ग्रह माथि कोहलपुरमा परिचर्चा गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान बाँकेले शनिबार कोहलपुरमा पुस्तकमाथि छलफल कार्यक्रम राख्दै पुस्तक परिचर्चा गरेको हो ।
टिप्पणीकार सुमित्रा न्यौपानेले सङ्ग्रहका सबै कथालाई सरसर्ती व्याख्या गरिन् । बक्ररेखा शीर्षकको कथा श्रुति र सभ्य भएको बताउँदै कथामा बिदेश जाने केटो भनेपछि हुरुक्क हुने हाम्रो समाजको चरित्र चित्रण गरिएको बताइन् । उसको बानी व्यहोरा र पढाइको समेत वास्ता नगरि हचुवामा क्षमतावान व्यक्तिको रुपमा विश्वास गर्ने हाम्रो स्वभाव छ. न्यौपानेले भनिन् ।
वैवाहिक जीवनको कौतुहलता र अनुमानको बारेमा केटीले गरेको मनोबिश्लेषणलाई कथामा उनिएको छ ।झ यौनको उन्मादमा आफन्त पनि नभन्ने सामाजिक अपराधी पुरुष पात्रलाई पिडक देखाएर मात्रै नारी माथिको अत्याचार र भेदभाव नमेटिने न्यौपानेको धारणा थियो ।
ञनारीपात्रलाई कोमल हृदयको रूपमा चित्रण गरिएको छ। न्यौपानेले अगाडि भनिन् ।प्रकृतिले मानिसलाई सर्वगुणसम्पन्न बनाएर पठाएको हुँदैन । नारीहरू आफ्नो हकहितका लागि सदैव लडेर मात्रै हुँदैन, दाजुभाइले उनीहरूलाई साथ र सहयोग दिनुपर्छ ।झ पैसा कमाउन बिदेश गएका महिलालाई पैसा कमाउने नाममा विभिन्न गल्ती गरेका लान्छना लगाएका प्रसङ्गलाई कथामा जोड्नु शोभनीय नभएको पनि न्यौपानेले बताइन् ।
परिचर्चा कार्यक्रममा बाँकेका विभिन्न स्रस्टाले मोम्चो पुस्तकका बारेमा टिप्पणी राखेका थिए । पुस्तकमाथि बोल्दै अर्का टिप्पणीकार विष्णु पादुकाले मोम्चो कथासङ्ग्रहका अधिकांश कथा नारीका बिषयमा केन्द्रित रहेको बताए । पादुकाले सङ्ग्रहमा रहेका ११ वटै कथाको बारेमा संक्षेपमा टिप्पणी राखे । पराजुलीका कथामा सीमान्तकृत समुदायका नारीका जीवन र भोगाइलाई समेटिएको छझ पादुकाले भने’ कथामार्फत नारीका समस्यालाई मात्रै उठाइएको छैन, तीनका समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ । यसमा समाज र राज्यको दायित्व के हुन्छ भन्ने कुरालाई पनि उठान गरिएको छ ।पुस्तकमाथि बोल्दै टिप्पणीकार सागर गैरेले चितवनको सीमान्तकृत चेपाङ समुदायको भाषा, जीवनशैली, परम्परा र रहनसहनलाई मोम्चो कथामा समेटिएको बताए । शीर्ष कथा र समग्र कथामा नारीका सुखदुःखलाई उजागर गरिएकोले मोम्चो नारी प्रधान कृति होझ टिप्पणीकार गैरेले भने कथामा घटनाले प्राथमिकता पाएको छ र कथाकारले त्यसलाई आफ्नो लेखनशिल्पमार्फत व्याख्या गरेका छन् ।
परिचर्चा कार्यक्रममा नरेन्द्रजंग पिटर, मणि अर्याल र सूर्यप्रकाश कँडेलले पनि बोलेका थिए । कार्यक्रमको सुरुवातमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका सचिव हिरामणि ढकालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमलाई पुष्कर रिजालले सहजीकरण गरेका थिए ।
पुस्तकलाई भुँडीपुरण प्रकाशनले बजारमा ल्याएको हो । पराजुलीको यसअघि कुमाता कथासंग्रह प्रकाशित छ । पत्रकार पराजुली गोरखापत्र दैनिकका चितवन जिल्ला संवाददाता हुन् ।