२७ आश्विन २०८१, आईतवार

‘एकराज खोई ?’ भनेर बर्बराउँदै मन्त्री विमला
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीको स्वास्थ्य परीक्षण गरिएको छ । प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण देखिएको अस्पताल स्रोतले बतायो । ओलीको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा चेकजाँच गरिएको हो । राज्यमन्त्री विमलालाई गएराति दाङबाट बुटवल लगिएको थियो । बुटवल लैजादै गर्दा वलीले अधिकांश समय ‘एकराज खोई ?’ भन्दै बर्बराएको माओवादी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार विमला अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । विमलालाई राति उपचार सुरू गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर ईन्द्र ढकालले पुष्टी गरे ।‘मन्त्रीज्यूलाई राति अस्पताल ल्याइएको थियो’, मेसु ढकालले भने, ‘अवस्था हेर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने थियो । तर, उहाँले भर्ना हुन मान्नुभएन ।’

उनलाई अर्धचेत अवस्थामा राति अस्पताल अस्पताल ल्याइएको मेसु ढकालले बताए । डाक्टर ढकालका अनुसार विमलामा ब्लड प्रेसर र सुगरको समस्या पनि देखिएको छ । डिप्रेसनको लक्षण देखिए पनि विशेषज्ञ डाक्टरले चेकजाँच नगर्दासम्म केही भन्न नसकिने डा. ढकालको भनाइ छ । विमला अहिले प्रदेश सांसद दामा शर्माको साथमा बुटवलस्थित आफ्नै डेरामा बसेकी छन् ।

  • १ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech