६ जेष्ठ २०८१, आईतवार

बाँकेका चिकित्सकलाई सिकलसेल तथा थालसेमियाबारे अभिमुखिकरण
  • न्युज मानसराेवर

बाँके\बाँकेका विभिन्न अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ र बालरोग विशेषज्ञहरुलाई सिकलसेल तथा थालेसेमिया रोगबारे अभिमुखिकरण गराइएको छ । सिकलसेल तथा थालेसेमिया रोगको सचेतना, स्क्रिनिङ, निदान, उपचार तथा सहयोग कार्यक्रमअन्तर्गत् लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा करिव दुई दर्जन विशेषज्ञ चिकित्सकहरुलाई अभिमुखिकरण गराइएको हो ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिशीयन तथा मेडिसिन विभाग प्रमुख डा राजन पाण्डेले विशेषज्ञ चिकित्सकहरुलाई अभिमुखिकरण गर्र्दै सिकलसेल तथा थालेसेमिया रोग नियन्त्रणका लागि कम्तिमा पनि विरामीलाई काउन्सिलिङ गर्न सुझाव दिए ।

विशेषगरी थारु समुदायमा सिकलसेल बढी देखिएकाले कम्तिमा पनि यसको पहिचान गरेर यसलाई न्यूनिकरण गर्नतर्फ भूमिका खेल्न आग्रह गरे । अस्पताल पुग्ने विरामीलाई सिकेलसेलको बारेमा जानकारी गराउने र त्यसको रोकथामका लागि गर्नै पर्ने कार्यहरुका बारेमा विरामीलाई स्पष्टसँग भन्दिन पनि उनले चिकित्सकहरुलाई आग्रह गरे ।

आमाबाबु दुवैमा सिकलसेल एनिमिया भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ । आमा वा बाबु कुनै एक जनामा मात्र छ भने सन्तानमा देखिने सम्भावना न्यून हुन्छ ।त्यसैले चिकित्सकहरुले सिकलसेल बाहक भए नभएको पुष्टि गरेर सिकलसेल बाहकले सिकलसेल नभएकालाई विहे गर्न सुझाव दिने गरेका छन् । खासगरी युवायुवतिले विहेवारी गर्दा सिकेलसेल परीक्षण गर्न चिकित्सकहरुले सुझाउने गरेका छन् ।स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले सिकेलसेल रोगको पहिचान र निदानका लागि स्वास्थ्य कार्यालयले थारुबाहुल क्षेत्रमा स्क्रिनिङको काम गरिरहेको बताए ।

  • १ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech