१९ आश्विन २०८१, शनिबार

बाँकेमा यसवर्ष १ सय ३३ हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरिने
  • न्युज मानसराेवर

बाँके\सरकारले असार महिनालाई बृक्षारोपणको महिनाको रुपमा मनाउँदै छ । असार महिना बृक्षारोपणको महिना भएको हुनाले डिभिजन बन कार्यालय बाँकेले यस वर्षपनि बृक्षारोपण गर्ने जनाएको छ ।

गतवर्ष ५० हेक्टर क्षेत्रफलमा बृक्षारोपण गरेको बन कार्यालयले यस वर्ष जिल्ला भरिनै झन्डै १ सय ३३ हेक्टर क्षेत्रफलमा बिरुवा रोप्ने लक्ष्य लिएको छ । जसका लागि ६ लाख ६० हजार बिरुवा बन कार्यालयमा उत्पादन भइरहेका छन् ।

मुख्यतयः राप्ती नदीदेखि पारी तिरका क्षेत्रहरुमा अलिबढि बृक्षरोपण गर्ने जनाएको छ । यस पटक बन कार्यालयले तारबार, हेरालु र स्थानीयको सहभागितामा बृक्षारोपण गर्ने बताइएको छ ।

हरेक वर्ष अन्य खालका बिरुवा बितरण गर्दै आएको बन कार्यालयले यसवर्षबाट फलफुलका बिरुवाहरु पनि बितरण गर्ने जनाएको छ । जसका लागि २५ हजार फलफुलका बिरुवाको टेन्डर प्रकिया शुरु गरेको बताइएको छ ।

  • ३ असार २०७९, शुक्रबार प्रकाशित

  • Nabintech