२६ आश्विन २०८१, शनिबार

विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\ जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिवार दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू- भागहरूमा आंशिक बदली रहने बताएको छ । महाशाखाका अनुसार प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू- भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागहरूमा आंशिक बदली रहनेछ।

महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका एक- दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताएको छ। मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व- पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।

महाशाखाका अनुसार उक्त प्रदेशहरूको पहाडी भू- भागमा भू- क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनर यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ।

हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू- भगमा आंशिकदेखि सामान्य बदली रहेको छ।

  • ४ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech