८ बैशाख २०८१, शनिबार

बाढी जन्य विपदबाट क्षेति न्युनिकरण गर्न कृतिम अभ्यास
  • न्युज मानसराेवर

बाँके\बाँकेको राप्ती नदीमा विपदको पूर्व तयारीका लागि बाढी सम्बन्धी कृतिम घट्नाको उद्दार अभ्यास गरिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा संचार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय बाँके र विभिन्न संघ संस्थाको सहकार्यमा सो अभ्यास कार्यक्रम गरिएको हो । बाँकेमा मनसुनबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा बाढीसम्बन्धी कृतिम घट्ना अभ्यास गरिएको छ ।

यसवर्ष मनसुनबाट ठूलो क्षति हुने आँकलन गरिएसँगै क्षतिको न्यूनिकरणका गर्न विपदको पूर्व तयारीका लागि बाढीसम्बन्धी कृतिम घट्ना अभ्यासलाई निरन्तरता दिइएको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माले बताए ।

मन्त्री शर्माले विपद्सम्बन्धी कार्यक्रम गर्न केही ढिला भएपनि यो कार्यक्रम एकदमै प्रभावकारी हुने जानकारी दिदै भने–‘ अहिले वर्षातको बेलामा अभ्यास गरियो । यसको खासै महत्व छैन भन्नेहरु पनि छन तर, त्यसो होईन अभ्यासले निखार ल्याउने र बाढी पहिरो लगायतका प्राकृतिक घट्ना अचानक हुने विपद्बाट बच्न यो अभ्यास कार्यक्रमले सहयोग गर्छ ।’ उनले अभ्यास कार्यमा सुरक्षा निकायका सबै अंग, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना राष्ट्रिय अनुसंन्धान, रेडक्रश तथा बिपदका क्षेत्रमा सहयोग पुराउने बिभिन्न संघ संस्थाहरुले सहभागिता रहेको बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले मनसुन पूर्वको खोज उद्दार र बाढीबाट हुनसक्ने जोखिम कम गर्न विपद प्रतिकार्य अभ्यास प्रभावकारी हुने बताए । उनले बाँके अत्यन्त जाखिममा रहेको उल्लेख गर्दै यस प्रकारको अभ्यासले बिपदको बेलामा क्षति न्युनिकरण गर्नमा मद्दत पुग्न दाबी गरे । जिल्ला विपद व्यवस्थापन समितिको संयोजक समेत रहेका उनले यस वर्षको मनसुनमा विगतमा भन्दा बढी वर्षा हुनसक्ने पूर्व आँकलन गरिए अनुसार सबै सुरक्षा निकाय, पालिका, रेडक्रसलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।

कृतिम घटना अभ्यास हेनर्् राप्ती नदी किनारमा पुगेका स्थानीय दुर्गाप्रसाद पाण्डेले यस्ता पूर्व अभ्यासका कार्यक्रम बाढीबाट प्रभावित भएका स्थानमा गर्दा अझ प्रभावकारी हुने बताए । उनले भने–‘ यो अभ्यास बाढीको जोखिममा रहेका गाउका स्थानीयलाई सहभागि गराउनु परो, प्रहरी र उद्दारकर्ता आउदा सम्म स्थानीयले धेरै उद्दारका काम गरि सक्ने थिए ।’

वर्षौदेखि बाढीको मारमा परेको र स्थानीयलाई पनि विपदबाट जोगिन तालिमको व्यवस्था गर्नुपर्ने उनको माग थियो । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना अधिकारी रुपन ज्ञवालीले विपदसम्बन्धी पूर्व अभ्यास कार्यक्रमले बाढीजन्य विपदबाट जोगिन ठूलो सहयोग गरेको बताए । जिल्ला प्रशासन कार्यालयले उच्च जोखिमयुक्त क्षेत्र, परिवार सङ्ख्या र सुरक्षित स्थानको पहिचान गर्ने, पालिकाभित्र भएको विपदमा प्रयोग हुने स्रोत साधन, जनशक्तिको अद्यावधिक गरी तयारी अवस्थामा राख्ने जस्ता काम पूरा गरेको जनाएको छ । कार्यक्रममा विभिन्न संघ संस्था, सुरक्षा निकायका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

  • ६ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech