१५ चैत्र २०८०, बिहीबार

अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटि र युवक संगठन द्धारा मुल्य वृद्धि को विरुद्ध
  • न्युज मानसराेवर

कोहलपुर\ बाँकेको कोहलपुर नगरपालिकामा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध १ घन्टे सडक चक्काजाम गरेका छन् ।

अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटिद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध १ घन्टे सडक चक्काजाम गरिएको हो ।

बागेश्वरी क्याम्पसको गेठ देखि साँझा चोकमा पुगेर विद्यार्थी र्‍याली निकाली टायर बालेर १ घन्टा चक्काजाम गरिएको अनेरास्ववियु केन्द्रिय सदस्य तथा बाँके जिल्ला सह इन्चार्ज टोप राज जैसीले जानकारी दिए ।

आन्दोलन कार्यक्रममा अनेरास्ववियु बागेश्वरी  बहुमुखी क्याम्पस अध्यक्ष महेन्द्र प्रकाश मल्लको उपस्थिति रहेको थियो ।

त्यसै गरी पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै राप्रपा नेपाल निकटको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेले कोहलपुरमा प्रदर्शन गरेको छ ।

युवक संगठनद्वारा समेत मुल्यबृद्धिकाे बिराेध प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै राप्रपा नेपाल निकटकाे राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन बाँकेले काेहलपुरमा प्रदर्शन गरेको छ ।कोहलपुर विद्युतरा्ेड चोकअगाडि सडकमा जम्मा भएका संगठनका कार्यकर्ताहरूले मूल्य वृद्धि फिर्ता गर्न माग गर्दै सडकमा टायर बाल्दा केहीबेर सवारी साधन आवागमनान प्रभावित बनेको थियो ।

प्रदर्शनमा बोल्दै राष्ट्रिय युवक संघ बाँके अध्यक्ष राजु बोहराले सरकारले नागरिकलाई राहत दिनुको साटो निरन्तर मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए ।

 

  • ७ असार २०७९, मंगलवार प्रकाशित

  • Nabintech