७ बैशाख २०८१, शुक्रबार

राज्यमन्त्री वली प्रकरण : प्रदेश सरकारको छानविन समिति दाङमा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमला कुमारी खत्री वलीले सर्वसाधारणको घरमा गएर कुटपिट गरेको घटनाका सम्बन्धमा छानविन गर्न प्रदेश सकारको छानविन समितिको टोली दाङ आएको छ ।

घटनाबारे छानबिन गर्न बनको समितिको संयोजक आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, महिला, बालवालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधीबक्ता श्रीकृष्ण सुवेदीसहितको टोली दाङ आएको हो ।

उक्त टोलीले घटनाबारे छानविन गर्न आज प्रहरी र पीडित भनिएका परिवारका सदस्यसंग कुराकानी गर्दैछ । समितिले घटनाबारे छानविन पश्यात प्रतिवेदन तयार पारेर मन्त्रीपरिषद्मा पठाउने समितिका संयोग सञ्चार मन्त्री शर्माले बताए ।

राज्यमन्त्री वलीले गत जेठ ३१ गते विहान तुलसीपुर–५ स्थित एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र पाँच बर्षकी छोरीलाई हातपात गर्नुभएको थियो । सोही घटनाबारे छानविन गर्न प्रदेश सकारकारले छानविन समिति गठन गरेको थियो ।

राज्यमन्त्रीले वलीले बस्नेतको घरमा नै गएर एकराज मेरो श्रीमान हो भन्दै आफू र छोरीलाई हातपात गरेको एकराजकी श्रीमती मिना बस्नेतले बताएकी थिइन् । मिनाले राज्यमन्त्री वली विरुद्धमा प्रहरीमा जाहेरी समेत दिएकी छन् ।

तर राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसँग आफ्नो कारोवारका विषयमा कुरा गर्न भन्दै उनकै घरमा पुगेको बताइन् । वाइसिएलका नेताले एकराजले ३५ लाख रकम अहिलेसम्म नदिएको भन्दै घरमा खोज्दै गएको र घरमा रहेकी श्रीमतिसँग हातहालाहालको अबस्था सिर्जना भएको उनले बताउँदै आएकी छन् ।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech