१४ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा कुटपिट गरि फरार ४ जना पक्राउ
  • न्युज मानसराेवर

बाँके\कोहलपुरमा गुण्डागर्दी गर्ने ४ जना प्रहरीको फन्दामा परेका छन् ।

कोहलपुरमा सोमवार बिहान ४ जना टोले गुण्डाहरुले एक युवामाथि आक्रमण गर्दा युवा गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ । उक्त घाइते युवा लाई बिहानै काठमाडौ उपचारको लागि पठाइएको स्रोतले जनाएको छ ।

आक्रमण गर्ने युवाहरु कोहलपुर सुतैयाको रहेको प्रहरि स्रोतले जनाएको छ । आक्रमणमा पर्ने घाइते युवा बैजनाथ सम्झना चोक भन्ने स्थानको रहेको बताइएको छ । तर प्रहरीले आधिकारिक धारणा भने सार्बजनिक गरेको छैन ।

यस बिषयमा थप बिवरण आउन बाकी रहेको छ ।

  • १३ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech