२७ आश्विन २०८१, आईतवार

आर्थिक मन्त्री विष्टलाई उपचारका लागि काठमाण्डौ लगियो
  • न्युज मानसराेवर

बाँके\कर्णालीका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको स्वास्थ्यमा समस्या देखिएको छ । रगतमा बोसोमा मात्रा अत्याधिक देखिएपछि थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

अत्याधिक पेट दुख्न थालेपछि कर्णाली केयर अस्पतालमा आइतबार बेलुका भर्ना भएका विष्टलाई सोमबार हवाईजहाजमार्फत काठमाडौं लगिएको हो ।

मन्त्री विष्टको उपचारमा संलग्न डाक्टर उज्वल अर्यालकाअनुसार रगतमा बोसोको मात्रा अत्याधिक देखिनुका साथै श्वासप्रस्वासमा पनि समस्या देखिएपछि आफन्तको आग्रहमा काठमाण्डौ पठाइएको बताए ।

उनले भने, ‘पेट दुखेर अस्पताल आउनु भएको थियो, बेलुका आईसियूमा भर्ना गर्यौं, स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारका लागि सोमबार काठमाण्डौ रेफर गरेका हौं ।’

  • २७ असार २०७९, सोमबार प्रकाशित

  • Nabintech