बाँके\लागूऔषध ओसारपसार गर्ने गिरोहलाई निगरानी बढाउँदै आएको सशस्त्र प्रहरीले नेपालगन्जको सीमा नाका नजिकैबाट अवैध रुपमा राखिएको ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।
सशस्त्र प्रहरी बल जमुनाह बिओपीबाट सशस्त्र प्रहरी नायब निरीक्षक अर्जुन कार्कीको नेतृत्वमा सीमा नाकामा खटिएको टोलीले बुधबार बिहान नेपालगन्ज १५ जमुनाह गाउँ नजिकै बेवारिसे अवस्थामा राखिएको ठूलो परिमाणको लागूऔषध ट्रमाडोल क्याप्सुल बरामद गरेको हो ।
सीमा नाका नजिकै शंकास्पद तरिकाले प्लास्टिकमा बेरेर राखिएको अवस्थामा जाँचका क्रममा सशस्त्र प्रहरीले ४८० क्याप्सुल ट्रमाडोल लागूऔषध बरामद गरेको जमुना बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाले बताए। बरामद गरिएको लागूऔषध ट्रमाडोललाई आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ ।