२६ आश्विन २०८१, शनिबार

बैजनाथ गाउँपालिका प्रतिनिधिमण्डलले भेट्यो प्रंधानमन्त्री देउवालाई
  • न्युज मानसराेवर

बैजनाथ । बैजनथा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही र उपाध्यक्ष निर्मला रोकाय सहितको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेको छ ।

नौवस्ता औद्योगिक कररडोर क्षेत्रको वस्ति व्यवस्थापनको विषयमा प्रधानमन्त्री देउवालाई बैजनाथका जनप्रतिनिधि सहितको प्रतिनिधिमण्डलले  प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गरेको हो ।

प्रधानमन्त्री देउवासँग बैजनाथ गाउँपालिका प्रतिनिधिमण्डले बैजनाथ गाँउपालिका वडा नं ३ क्षेत्रको ५२५ विगाहा क्षेत्रभित्र औद्योगिक करिडोर निर्माण गर्ने निर्णय अनुसार ३३८ विगाहा सरकारको नाममा भए पनि ४१ विगाहा स्थानिय बासिन्दाको नाममा ल्याउनुपर्ने पालिका अध्यक्ष शाहीले प्रधानमन्त्री देउवालाई ध्याकर्षण गराएका थिए ।

बैजनाथमा भुमिहिन तथा सुकुम्बासी समस्या समाधान, औधोगिक क्षेत्र ब्यवस्थापन लगायत विषय समाधान गर्न प्रधानमन्त्रीलाई आग्रह गरिएको थियोे । उक्त प्रतिनिधिमण्डले राखेका मागप्रति प्रधानमन्त्री देउवा सकारात्मक देखिएको नेपाल प्रेस यूनियन केन्द्रिय सदस्य कमला हमालले जानकारी गराएकी छन।

  • १७ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech