७ बैशाख २०८१, शुक्रबार

मंसिर ४ मा प्रदेश र संघको चुनाव एकै चरणमा गर्न गठबन्धनबीच साझा सहमति
  • न्युज मानसराेवर

काठमाडौँ\सत्तागठबन्धनबीच आगामी मंसिर ४ मा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्ने साझा सहमति भएको छ। निर्वाचन आयोगले पनि मंसिर २ या ४ का लागि मिति प्रस्ताव गरेको थियो।

‘आजको गठबन्धनको बैठकमा मंसिर ४ गते निर्वाचन गर्ने साझा सहमति भएको छ,’ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘स्थानीय तहको निर्वाचनमा जसरी गठबन्धन एक भएर होमिएका थियौँ त्यसरी नै जाने सहमति पनि भएको छ।’

सम्भवत: सरकारले भोलि(बिहीबार) निर्वाचन मिति घोषणा गर्नेछ। भोलि मन्त्रिपरिषद् बैठक बस्दै छ।

  • १८ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech