२७ आश्विन २०८१, आईतवार

कोरोना बढ्न थालेपछि जमुनाहा नाकामा उच्च सतर्कता
  • न्युज मानसराेवर

बाँके\बाँकेमा कोरोना संक्रमित संख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहा नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारीरुपमा कोरोना परीक्षण गर्ने गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठुलो सङ्ख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट भित्रिने नागरिकको जमुनाहा नाकामा स्वास्थ्य जाँच गर्ने गरिएको छ ।

जमुनाहा नाकामा अहिले सीमावर्ती भारतीय शहर रुपईडिहामा किनमेलका लागि जाने नेपाली उपभोक्ता र भारतबाट घर फर्किने नेपालीको भीड लाग्ने गरेको छ । दैनिकरूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको जोखिम फेरि बढ्न सक्ने उनले बताए । भारतबाट दिनहुँ भित्रिनेको सीमा नाका जमुनाहामा प्रभावकारीरूपले स्वास्थ्य जाँच गराएर मात्र घर फर्किने व्यवस्था गरिएको छ ।

जमुनाहा नाका हुँदै भारतबाट आउने नेपाली मजदुरलाई स्वास्थ्य जाँच गराएर मात्र भित्रिन दिइएको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक माधव रिजालले बताए ।

  • १८ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech