१६ चैत्र २०८०, शुक्रबार

दुई दिनमा ८०० रूपैयाँले बढ्यो सुनको मूल्य, बुधवार चाँदीको मूल्य घट्यो
  • न्युज मानसराेवर

बाँके\सुनको मूल्य दुई दिनमा ८०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९७ हजार १०० रूपैयाँ कायम हुँदा मंगलवारको तुलनामा २०० रूपैयाँले वृद्धि भएको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलवार सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रूपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, सोमवार सुन प्रतितोला ९६ हजार ३०० रूपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन ३५ रूपैयाँले बढेको चाँदी बुधवार १० रूपैयाँले घटेर १ हजार २३० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी १ हजार २४० रूपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७८८ दशमलव ८७ डलर पुगेको छ ।

त्यसैगरी, आज डलरको मूल्य स्थिर छ । एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ७६ पैसा कायम भएको छ । अघिल्लो  दिन‌ पनि  एक अमेरिकी डलरको विक्रीदर १२७ रूपैयाँ ७६ पैसा थियो ।

  • २५ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech