१५ बैशाख २०८१, शनिबार

बुधवार बाँकेमा ११ जनामा कोरोना पुष्टि
  • न्युज मानसराेवर

बाँके\ बाँकेमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा १९ जनाको नमुना जाँच गर्दा १० जना र राप्तीसोनारीमा एकजना गरी थप ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

संक्रमण पुष्टि भएकामध्ये २ जना जिल्ला बाहिरका छन् । बुधवार संक्रमण पुष्टि भएकासहित बाँकेमा कूल कोरोना संक्रमितको संख्या २१ हजार २४३ पुगेको छ । यस्तै एक जना डिस्चार्ज भएका छन् । जिल्लामा डिस्चार्ज हुनेको संख्या २० हजार ८१७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ७३ रहेको फोकलपर्सन वलीले बताए ।

  • २५ श्रावण २०७९, बुधबार प्रकाशित

  • Nabintech