बाँके\ लुम्बिनी प्रदेश सरकारका पूर्व कृषिमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव एमालेमा प्रवेश गरेका छन।
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले केन्द्रीय सचिव एवम् पार्टी प्रदेश इन्चार्ज छविलाल बिश्वकर्मा, सहइन्चार्ज लिला गिरी, बाँकै इन्चार्ज सूर्य ढकाल, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले यादवलाई पार्टीमा स्वागत गरेका हुन।
नेकपा एमाले बाँकेको प्रशिक्षण कार्यक्रममा नेता यादवले नेकपा एमालेलेमा प्रवेश गरेका हुन। यादव नेपाली कांग्रेस बाँकेको सचिव हुँदै पछिल्लो समय जनता समाजवादी दलमा आवद्ध रहेर राजनितिक गर्दै आइरहेका थिए ।