बाँके\नेकपा एमालेले बाँके क्षेत्र न १ (ख) प्रत्यक्ष प्रदेश निर्वाचका लागि ७ जनाको नाम सिफारिस गरिएको छ ।
त्यसै गरी समानुपातिक तर्फ समेत ७ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ दुर्गा प्रसाद थारु ,नरेन्द्र शर्मा सुर्य रोकाया ,कुश्मा बस्याल ,अनिता पौडेल ,बिजुला अधिकारी ,विष्णु बेलवासेको नाम सिफारिस गरिएको छ ।
त्यसै गरी समानुपातिक तर्फ आरती पौडेल (महिला) ,निर्मला सुनार (दलित) होमप्रकाश सुवेदी , दयाराम अधिकारी अपांग शान्ति सुनार (दलित) दयाराम लोहर (दलित) गोपाल गिरीको नाम सिफारिस गरिएको नेकपा एमाले बाँके निर्वाचन क्षेत्र न १ ख समितिले जानकारी गराएको छ ।