बाँके\मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेंगु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन् ।
काठमाण्डौ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाण्डौमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ । ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ । गत जनवरीदेखि हालसम्म नेपालमा पाँच हजार २९ जनालाई डेंगु पुष्टि भएको छ ।
सबैभन्दा धेरै ललितपुरमा एक हजार ८३२, काठमाण्डौमा ८८८, भक्तपुरमा ९९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा उपत्यकालगायत ७५ वटै जिल्लामा डेंगुले महामारीको रूप लिन थालेपछि डेङ्गु प्रकोपलाई महामारीका रूपमा घोषणा गर्ने तयारीमा छलफल भइरहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सञ्जयकुमार ठाकुरले नेपालमा डेंगु बढ्दै गएकाले स्वास्थ्य सङ्कटकाल लगाउने विषयमा छलफल शुरु भएको बताए । उनले स्वास्थ्य सङ्कटकाल (महामारी)घोषणाका लागि केही प्रावधान पूरा गर्नुपर्ने भन्दै ती प्रावधान पूरा भए सङ्कटकाल लगाउन सकिने बताए ।