१९ आश्विन २०८१, शनिबार

संविधान दिवसमा ६८१ कैदीको सजाय मिनाहा
  • न्युज मानसराेवर

बाँके\आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ।  मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिमका पासाङ शेर्पा समेतका २०३ जना र इन्द्रकुमार लिम्बुसमेतका ४७८ गरी ६८१ कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू हुने गरी माफीमिनाहा गरेकी हुन्।

संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको राष्ट्रपतिले जनाएको छ। त्यस्तै, २१ जनालाई सजाय माफी दिइएको छ।

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech