१४ बैशाख २०८१, शुक्रबार

नेपाल कर्मचारी युनियन बाँकेद्वारा शुभकामना आदान प्रदान
  • न्युज मानसराेवर

बाँके\विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा नेपाल निजामति कर्मचारी युनियन बाँकेले नेपालगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । युनियनका बाँके अध्यक्ष उद्धब श्रेष्ठको सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिस्टको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्ने सहयोगी वक्ताहरुले यस्ता चाडपर्वहरुले एक आपसमा सद्भाव, एकता र भाइचाराको सम्बन्ध स्थापित गर्ने बताए ।

नेपाल बहुजाति, बहुभाषिक र बहु सांस्कृतिक आयम बोकेको देश भएकाले सबै धर्म समुदायका चाडपर्वलाई एक आपसमा मिलेर मनाउनु पर्ने बताए ।खासगरी हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण र ठूलो पर्व दशैंले सबै नेपालीलाई समृद्धिको बाटोमा डो¥यावस भनेर उनिहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिस्ट, निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, युनियनका प्रदेश उपाध्यक्ष लक्ष्मि केसी, जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोबिन्द पाण्डे, पालिकाहरुको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नेपाल निजामती कर्मचारी युनियनका प्रारम्भिक कमिटी संयोजक जागेश्वर बस्नेत लगायतले शुभकामना दिएका थिए ।

  • १० आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech