६ चैत्र २०८०, मंगलवार

भेरी अस्पतालमा युरो (मूत्र रोग) सेवा शुरु
  • न्युज मानसराेवर

बाँके\भेरी अस्पताल नेपालगञ्जमा युरो (मुत्ररोग) सेवा शुरु भएको छ । भेरी अस्पतालले युरोलोजिष्ट डा दिपेश गुप्तालाई भित्र्याएसँगै केही वर्षदेखि बन्द अवस्थामा रहेको युरो सेवा नियमित गरेको हो । अस्पतालले एम.सी.एच युरो सर्जनबाट पहिलो पटक युरो सेवा शुरु गरेको हो ।

डा गुप्ताले आधा दशक बढी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिएका थिए । त्यहाँबाट राजिनामा दिएपछि उनी भेरी अस्पतालमा आवद्ध भएका हुन् ।

दिपेशको आगमनसँगै भेरी अस्पतालको युरो सेवा अव नियमित ढंगले अघि बढ्ने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.बद्री चापागाईले जानकारी दिए ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालकोरुपमा रहेको भेरी अस्पताललाई सुपर स्पेसियालिटी अस्पतालका रुपमा विकास गर्न आफु प्रयासरत रहेको डा. चापागाईको भनाइ छ ।

चापागाईले भने–‘मैले देखेको भेरीको सपना बिशिष्टिकृत अस्पताल हो । सुपर स्पेशियालिटी सेवा दिने अस्पतालको रुपमा विकास गर्ने हो । निश्चित कार्ययोजनाका साथ अघि बढेर भेरीलाई सुपर स्पेसियालिटी सेवा दिने अस्पतालकोरुपमा विकास गर्ने हो । यो अस्पताललाई शैक्षिक हव बनाउने हो ।एम.डी, एम.एस अध्ययनको केन्द्रको रुपमा विकास गर्ने हो । एमबीबीएस पढ्नका लागि कुनै गाह्रो छैन् । निजी मेडिकल कलेजहरू जति पनि छन् ।’

  • १४ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech