काठमाडौँ\ राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले अभिभावक गुमाएको बताएकी छन्। उनले यसबाट पीडाबोध भएको पनि बताएकी छन्।
‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ,’ आइतबार उनले ट्विटरमा लेखेकी छन्, ‘उहाँको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको अजस्र स्रोत हो। अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली!’
शताब्दी पुरुष जोशीको आज (आइतबार) बिहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा निधन भएको हो। उनको किष्ट अस्पतालमा उपचार भइरहेको थियो।