२७ आश्विन २०८१, आईतवार

एमालेबाट मात्रै विकास र समृद्धि सम्भवः उपाध्यक्ष पौडेल
  • न्युज मानसराेवर

बुटवल\नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले एमालेबाट मात्रै देशको विकास र समृद्धि सम्भव भएको बताएका छन् ।नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संठगन क्षेत्र २ रुपन्देहीको भेलालाई बुधवार संवोधन गर्दै नेता पौडेलले विकासका मुद्दामा कसैले राजनीति गर्न नहुने बताए ।

‘सडक, सिंचाई, शिक्षा, स्वास्थ्य र पूर्वाधारदेखि रोजगारीलाई समेत ध्यानमा राखेर एमालेले गरेको काम जनताले देखेका छन् । देशको विकास र समृद्धि कुन दलका योजनाले हुन्छन् भन्ने जनतालाई राम्रोसँग थाहा छ । एमालेको जीतलाई कसैले रोक्न सक्दैन,’ उनले भने ।

पौडेलले लुम्बिनीलाई केन्द्रमा राखेर समग्र रुपन्देही र आसपासका क्षेत्रलाई विकासको रोलमोडल बनाउने गरी ड्रिम प्रोजेक्ट अगाडि सारेको उल्लेख गर्दै ती प्रोजेक्टहरू अहिले कार्यान्वयन हुने चरणमा पुगेको बताए ।

उनले एमालेका सरकारले अघि सारेका योजनालाई सार्थक रुप दिन आगामी निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेर एमालेको सरकार बनाउनुपर्नेमा जोड दिए ।रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका उपाध्यक्ष पौडेलले देशभर एमालेको लहर चलेको मंसिर ४ को निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरे । एमालेले गरेका कामहरूको प्रचार प्रसार आवश्यक रहेको पौडेलको भनाइ छ ।

  • २ कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech