१४ मंसिर २०८१, शुक्रबार

सडक र बिजुली ल्याइदिनु भयो अब सिँचाइको व्यवस्था गरिदिनुहोस – जमुनीवासी
  • न्युज मानसराेवर

नरैनापुर/बाँकेको नरैनापुर गाउँपालिका वडा न ६ जमुनीका वासिन्दाले सिचाइको माग गरेका छ्न । बिहीबार बाँके क्षेत्र न १ क लुम्बिनी प्रदेश सभा उम्मेदवार कृष्णा केसी संग नमुना भेटघाटको क्रममा जमुनीका मतदाताले नरैनापुर सुख्खा क्षेत्र भएकोले सिँचाइका लागि माग गरेका हुन । भेटघाट स्थानीयले आफुहरु वर्षौदेखि अध्यारोमा बस्न बाध्य भैरहेका बेला बिजुली र सडक ल्याएर गुण लगाएको भन्दै अब सिँचाइको व्यवस्था गरेर नरैनापुरमा कृषि गरेर रोजगार बन्न वातावरण सिर्जना गरिदिन आग्रह गरेका छ्न । जमुनीका रमजान अलि साइले बाख्रा पालनका लागि पकेट अनुदानको व्यवस्था गरिदिन माग गरे। पहिले हामीले तपाईं लाई जिताएर सडक र बत्ति आयो त्यसैले पनि तपाईं काम गर्नुहुन्छ भन्ने पूरा विश्वास छ ।यसपटक पनि हामी जिताउछौ । साइले भने त्यस्तै स्थानीय मणीराम धोबीले नमुनाले नरैनापुरमा सडक बत्ती ल्याएर नमुना काम गरेको बताए ।   स्थानीय मतदाताहरु संगको छलफलमा नमुनाले नरैनापुरका बासिन्दाको माग अनुसार नरैनापुरका हरेक वडामा सिँचाइका लागि प्रत्येक वडामा ४/४ वटा डिप बोर्डिङको गाड्ने काम अघि बढेको बताइन । उनले सिक्टा सिचाइको पुर्वीनहरको मुआब्जाको समस्या समेत समाधान भैसकेकोले नरैनापुरमा छिट्टै सिँचाइको सुविधा पुग्ने बताइन । राप्तीनदीको कटानको समस्या समाधान गर्न नदी किनारमा तटबन्ध गर्ने काम समेत छिट्टै अघि बढ्ने बताइन । छलफलमा माओवादी केन्द्र मधेसी मुस्लिम र दलितको पाटी भएकोले गठबन्धनलाई मतदान गर्न तत्पर रहेको बताएका थिए ।

  • ३ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech