२६ आश्विन २०८१, शनिबार

राप्तिसाेनारी र नरैनापुरलाई नयाँ शहरका रूपमा विकास गर्छाै : अथक
  • संगिन शर्मा

कात्तिक १६, बैजापुर /युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले विकट क्षेत्र भनेर चिनिने राप्ती सोनारी र नरैनापुरलाई मुलधारमा ल्याएको दावी गर्दै अब विकासको धारमा ल्याउने बताएका छन । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका मन्त्री अथकले बुधबार राप्तीसोनारी गाउँपालिका वडा नं. ४ मा आयाेजित बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त अगुवा नेता कार्यकर्ताकाे भेलालाई सम्बाेधन गर्दै ठुलो संघर्षबाट राप्तिसाेनारी र नरैनापुरमा बत्ती र सडक ल्याएको भन्दै अब ठुला उद्योग कलकारखाना खोल्ने याेजना रहेकाे बताए । एकृकित बस्तिकाे अवधारणा लागुु गरी नरैनापुर र राप्तिसाेनारीलाई नयाँ शहरका रूपमा विकास गर्ने अभियानकाे नेतृत्व गर्न फेरी एक पटक चुनावि मैदानमा हाेमिएकाे बताउँदै अथकले क्षेत्र नं. १ का मतदाताले गठबन्धनका उम्मेदवारलाई जिताउने विश्वास ब्यक्त गरे ।

राप्ती सोनारी र नरैनापुर ठुलो पर्यटकिय क्षेत्र तथा कृषिकाे पकेट क्षेत्र भएकोले विकासको सम्वाहकका रुपमा आफुले विकास गर्ने मन्त्री अथकले दावी गरे । खयर भट्टी, बाँसखोली लगायतका गाउँमा विद्युत विस्तारको लागी टेण्डर भइसकेको भन्दै यहाँको जनताको भारतीय बजार नजीक र सुलभको लागी अगैया लटनिया हुँदै नरैनापुर जोड्ने सडकको काम समेत अगाडी बढेको उनले जानकारी दिए । अहिलेसम्म सबैसँग मिलेर काम गरेकै कारण विकास सम्भव भएको भन्दै उनले आगामी दिनमा समेत सबै पक्षसँग मिलेर विकासकाे अभियान संचालन गरीने बताए ।

राजनीतिक धुव्रिकरण अन्त्य गर्दै स्थायी सरकाबाट दिगो विकास सम्भव भएकोले गठबनधनको आवश्यकता भएको उनले प्रष्ट्याए । संविधान र लोकतन्त्रको रक्षाका लागी अहिले गठबन्धन हो भन्ने कुरा बुझेर सबैले बाम गठबन्धनको उम्मेदवारलाई मत हाल्न मन्त्री अथकले आग्रह गरे । राप्तीसोनारी ४ मा दिगो गठबन्धनको आवाज उठेकोमा खुशि व्यक्त गर्दै मन्त्री अथकले आफुहरुले पनि त्यहि चाहेको भन्दै गठबन्धनकाे निरन्तरताले देश समृद्ध हुने विश्वास व्यक्त गरे ।

बाँके क्षेत्र नं. १ प्रदेश (क) का साझा उम्मेदवार कृष्णा के.सी (नमुना) ले विकास र समृद्धिका लागी भोट हाल्न सबैलाई आग्रह गरिन । कार्यक्रममा समानुपातिक उम्मेदवार संगिता थारु, नेपाली काँग्रेसका राप्ती सोनारी गाउँपालिका सभापती भिम राना, माओवादी केन्द्रका पालिका अध्यक्ष चिम बहादुर घर्ती बाँके क्षेत्र नं. १ का प्रदेश (क) संयोजक पट्टु थारु लगायतले माओवादी र नेपाली काँग्रेस एक हुँदै हँसिया हथौडामा मत हाल्नमा जोड दिएका थिए ।

  • १६ कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech