बाँके\ बाँकेको शान्ति सुरक्षालाई थप सवलिकरण गर्नका लागि सरकारले जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी (जनपद) र म्यादी प्रहरी गरी ३ हजार १ सय ५० जना जनशक्तीलाई खटाएको थियो ।
त्यसै गरी बाँकेमा शान्तिपूर्वक मतदान सम्पन्न गरिएको छ । बाँकेमा कूल ६२ प्रतिशत मत खसेको प्रहरीले तथ्याकले जनाएको छ ।
मतदानका क्रममा आज २ बजे बाँकेको राप्तीसोनारी गाउँपालिकामा वडा नं. ३ भवानीयापुर मतदान स्थलमा खटिएका म्यादी प्रहरी हर्क बहादुर खड्काले एक आमा मतदातालाई सहयोग गर्न बच्चा आफुले समातेर डियूटी गरेको तस्विर न्यूज मानसरोबरले कैद गरेको हो । उक्त मतदान स्थलमा कूल मतदाता ४ हजार १ सय ९७ रहेका थिए ।
उक्त राप्तीसोनारी गाउँपालिकामा कूल २८ हजार ८ सय २८ मतदाताहरुले मतदान गरेको पत्रकार हेमन्त चौधरीले जानकारी गराएका छन।