८ श्रावण २०८१, मंगलवार

बाजुरा : बूढीनन्दा-५ मा मंसिर १० गते पुन: मतदान
  • न्युज मानसराेवर

बाजुरा\बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका-५ स्थित नन्देश्वरी मावि मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ। यसअघि मंसिर ४ गते एमाले र कांग्रेसबीच झडप हुँदा रोकिएको मतदान मंसिर १० गते गर्ने निर्णय भएको हो।

आयोगले जिल्लाको उक्त केन्द्रमा पुन: मतदान गर्ने निर्णय गरेको हो। मंसिर ४ को विवाद लामो समयसम्म मिलाउन नसकेपछि मुख्य निर्वाचन कार्यालयले स्थगित गरेको थियो। मतदान केन्द्रमा ९९९ मतदाता छन्।

पुनः मतदानको कार्यक्रम सम्पन्न भएपछि मात्र जिल्लाको मतगणना हुनेछ। बाजुरामा नेकपा एमालेका कर्ण थापा र नेपाली कांग्रेसबाट बद्रि पाण्डे मुख्य प्रतिस्पर्धी हुने आकलन गरिएको छ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech