१५ चैत्र २०८०, बिहीबार

बाँके १ मा मतान्तरः सुर्यले बढाए ३ हजार १ सय ७२ मत
  • न्युज मानसराेवर

बाँके \बाँके क्षेत्र नं.१ मा नेकपा एमालेका सुर्य ढकालले मतान्तर बढाएका छन।

उनले १८हजार २सय ४४ मत प्राप्त गरेका छन । ढकाललाई पछ्याउदै गठबन्धका उम्मेदवार महेश्वर जंग गहतराज अथकले १५ हजार ७२ मत सहित दोस्रो स्थानमा छन।

यसरी हेर्दा एमाले उम्मेदवार ढकालले हाल ३ हजार १ सय ७२ मतले अग्रता लिएका छन।

यहाँ ५१ हजार ४ सय ६३ मत सदर भएको छ । त्यसै गरी  ४ हजार १ सय ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ कुल मत ५५ हजार ५ सय ६९ मत खसेको थियो ।’भने कूल मतदाता १ लाख २१ हजार १ सय रहेको थियो ।’ हाल कोहलपुर नगरपालिका वडामा मतगणना जारी रहेको छ ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech