७ बैशाख २०८१, शुक्रबार

बाँके ३ बाट कांग्रेसका राठौर विजयी
  • न्युज मानसराेवर

बाँके/बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

राठौर विजयसँगै लुम्बिनीमा कांग्रेसले जितको खाता खोलेको छ । उनी प्रदेश सभापतिसमेत हुन् ।राठौर ४७९३ मतान्तरले निर्वाचित भएका हुन् ।

उनले २९०४० मत ल्याउँदा प्रतिद्वन्दी नेकपा एमाले बाँकेका अध्यक्ष किष्मतकुमार कक्षपति २४२४७ मत प्राप्त गरेका थिए ।

  • ८ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech