१३ बैशाख २०८१, बिहीबार

म ‘भुईं मान्छे’ हुँ, कहिले विचल्ली नहुने ढकालले गरे मतदात माझ प्रतिवद्धता
  • न्युज मानसराेवर

बाँके\प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भैइसकेपछि नेकपा एमाले बाट निर्वाचित भएका सुर्य ढकाल स्थानीय मतदातालाई धन्यवाद ज्ञापन गर्न राप्तिसोनारी हुँदै नरैनापुर सुईया बगौडा सम्म पुगेका छन् ।

ढकाल नरैनापुर पुगेपछि स्थानिय युवा जनता र मतदाता निकै उत्साहित हुँदै पालिकाका छ वटै वडाक फुलमाला अबिर लगाई स्वागत गरेर बिजय जुलुस निकालिएको थियो ।

हाम्रो समस्या बुझ्ने नेता पाएको मा हामी निकै खुसी छौ भन्दै ढकाललाई नरैनापुरका मतदाताले समग्र बिकासमा आफ्नो तनमन लगाउन आग्रह समेत गरेका छन् ।

निर्वाचन जितेर पहिलो पटक नरैनापुर पुगेका ढकालले आफ्नो कार्यकाल भित्र आफुले गरेका प्रतिबद्धता पूरा गर्ने बताएका छन् । उनले म ‘भुईं मान्छे’ हुँ, कहिले विचल्ली नहुने मतदात माझ प्रतिवद्धता जनाए ।

उनले आफुलाई दिएको मतको उचित कदर गर्दै समृद्ध बाँके क्षेत्र नं.१ निमार्णमा अर्जुन दृष्टि रहेने उल्लेख गरेका छन।

  • १० मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech