४ श्रावण २०८१, शुक्रबार

बाँकेमा गौहत्याको विरुद्ध प्रर्दशन
  • न्युज मानसराेवर

कोहलपुर \बाँकेको खजुरा गाउपालिक स्थित रणियापुरबाट पटक पटक गाईको मासु बरामद गरेपनि दोषिलाई कारबाहि नगरेको भन्दै कोहलपुरमा रहेको रामजानकी गौशालाले कोहलपुरका बिभिन्न भागमा रयालीको आयोजना गरि बिरोध प्रर्दशन गरेको छ ।

गौ हत्यारालाई कडा भन्दा कडा कारबाहि होस, गौमातालाई गौचरणको ब्यबस्था होस भन्ने मुख्य ब्यानर सहित आयोजना गरिएको र्‌यालीमा कोहलपुर क्षेत्रका धार्मिक ब्यक्तित्व, बुद्धिजिबि तथा बयोबृद्धहरुको  सहभागिता रहेको छ।

शुक्रबार बाँकेमा ५ कुन्टल गाईको मासु बरामद भएपछि हिन्दुबादि संघ संस्थाले गौहत्याराका दोषिलाई न्यायको कठघरामा ल्याउन बिभिन्न दवाफमुलक कार्यक्रम गरिएको बताइएको छ । यसरी राष्ट्रिय जनावरको हत्या हुनु र राज्यले हत्याराई कडा कार्वाही व्यवस्था नगर्नाले बर्षेनी गौ हत्याका खबर बाहिर आउन थालेका छन।

  • ११ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech