१३ बैशाख २०८१, बिहीबार

सुनसरी ३ मा एमालेको अग्रता कायम
  • न्युज मानसराेवर

विराटनगर\सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी जित नजिक पुगेकी छन् ।

उनले नेपाली कांग्रेसका विजय कुमार गच्छदार भन्दा ५ हजार ५ सय ३५ मत बढी ल्याएकी छन् ।

१० हजार ६ २४ मत गणना बाँकी हुँदा चौधरीले ३६हजार १३६ मत पाएकी छन् । उनको निकटतम प्रतिस्पर्धी गच्छदारले ३० हजार ६०१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कमलवावु मैनालीले भने ६२६९ मत पाएका छन् ।

अब बर्जु गाउँपालिकाको ४, ५ र ६ नम्बर वडाको १० हजार ६ सय ३४ मत मतगणना गर्न बाँकी रहेको छ । सुनसरी ३(२)प्रदेश सभामा समेत नेकपा एमालेका उम्मेदवार रामदेव यादव नेपाली कांग्रेसका उम्मेदवार बिन्देश्वर यादव भन्दा ८ सय १४ मतले अगाडी छन् ।

सुनसरी ३ प्रदेश सभा (२)तर्फ बर्जु गाउँपालिकाको ५ र ६ नम्बर वडाको ७ हजार ६ सय ६६ मत मतगणना बाँकी रहेको छ ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech