८ श्रावण २०८१, मंगलवार

मानव बेचविखन बिरुद्ध सीमाक्षेत्रमा सहकार्य हुन आवश्यक
  • न्युज मानसराेवर

बाँके\मानव बेचखिनका बिरुद्ध सक्रिय नेपाल– भारतका सामाजिक संघसंस्थाहरुले बेचविखनको जोखिममा परेकालाई उद्दार गर्न र जोखिमबाट जोगाउनको लागि संयुक्त पहलका साथै सहकार्यका साथ अघि बढ्नु पर्ने निश्कर्ष निकालेका
छन ।

प्लान नेपालको आर्थिक सहयोगमा नेपालगञ् उपमहानगरपालिकासंगको सहकार्यमा बाँके युनेस्को क्लवद्वारा आयोजित मानव बेचविखनका बिरुद्ध क्रशबोर्डर अन्तरक्रिया तथा अनुभव आदानप्रदान बैठकका सहभागिले सो निष्कर्ष निकालेका हुन ।

मानव बेचखिनको जोखिममा परेकालाई उद्दार गर्नको लागि आवश्यक कानूनी अड्चनका कारण आफुहरुलाई कार्य क्षेत्रमा असहजता आएको र दुबै क्षेत्रका सरकारी निकाय, सुरक्षा निकायले विषय वस्तुको गम्भीरतालाई बुझेर सहकार्य र हातेमालोका साथ काम गर्न आवश्यक रहेको निश्कर्ष निकालिएको आयोजक बाँके युनेस्को क्लवका कार्यकारी निर्देशक साजिद अलीले जानकारी दिए ।

सो कार्यक्रमका जिल्ला प्रहरी कार्यालय बाँके महिला तथा बालबालिका सेलका ईन्चार्ज प्रहरी निरिक्षक महेश्वरी विष्ट, साना हातहरुबाट अम्बिका पुन, नेपालगञ्ज उपमहानगर महिला विकास अधिकृत आशा शाही, प्लान नेपालका सन्तोष पुलामी, भारतीय पक्षबाट देहातका कार्याकारी निर्देशक देवयानी चतुरवेदी, हसन फिरोजलगायतको सहभागित रहेको थियो ।

  • १३ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech