१४ बैशाख २०८१, शुक्रबार

मैदानमा उत्रिय बाँके १ का प्रतिनिधि सुर्य ढकाल
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नं.१ का प्रतिनिधि सभा विजयी उम्मेदवार सुर्य ढकाल मैदानमाउत्रियका छन।

ढकालले बाँकेका किसानहरुलाई सिचाईको सुविधा उपलब्ध गराउन बाँकेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजना का प्रमुख सँग  संवाद गरेका छन।

ढकालले सिक्टा सिचाई आयोजनाका प्रमुख रमेश कुमार सिंहसँग  संवाद गरेका हुन।केही समय सिक्टा सिचाई आयोजनाको पुर्र्वी नहर निमार्ण कार्य रोकिएको छ ।

उक्त पुर्र्वी नहर निमार्ण पश्चात राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानलाई राहत मिल्ने छ । पूर्व नहर निमार्ण कार्य सम्पन्न गरिए फत्तेपुर क्षेत्रका किसानले ४ क्युसेक पानी उक्त सिचाई आयोजना बाट प्राप्त गर्ने छन । पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगे विश्वास लिइएको छ ।

ठेक्दारको लापर्वाहीका कारण उक्त पूर्वी नहर निमार्ण कार्य रोकिएको छ । सिक्टा सिचाई आयोजना प्रमुख रमेश कुमार सिंहले १५ दिन भित्र उक्त पूर्वी नहरको काम शुरु हुने संवादमा जानकारी गराएका छन।

बाँकेको अगैयामा निमार्ण गरिएको सिक्टा सिंचाइ आयोजनाका लागि हालसम्म १७ अर्ब ७३ करोड खर्च भइसकेको
छ । आर्थिक वर्ष ०६१र६२ मा सुरु गरिएको आयोजनाको काम ०८२र८३ मा सम्पन्न गर्ने लक्षय राखिएको तर हालसम्म ७०।८६ प्रतिशत कामको प्रगति देखिएको महालेखाले जनाएको छ ।

त्यसअघि सिक्टा निमार्णको काम ०७६र७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । समयमै काम सम्पन्न हुन नसक्दा आयोजनाको लागत बढ्दै गएको छ । आयोजना सम्पन्न हुन सके बाँकेमा ४२ हजार ७६६ हेक्टर जग्गामा सिंचाइ हुने जनाइएको छ ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech