१२ बैशाख २०८१, बुधबार

बाजुरामा मतगणना रोकियो
  • न्युज मानसराेवर

बाजुरा\ बाजुरामा मतगणना रोकिएको छ। यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बिहीबारदेखि मात्र मतगणना सुरु गरिएकोमा आज बिहानबाट पुनस् मतगणना रोकिएको छ।

विवादका कारण अहिले गणना रोकिएको हो। हिमाली गाउँपालिका–६ स्थित धिम मतदान केन्द्रमा गरिएको मुचुल्काभन्दा ४० मत बढी भेटिएपछि मतगणना रोकिएको जनाइएको छ। नेकपा एमालेका प्रतिनिधिले विरोध गरेपछि मतगणना रोकिएको छ।

प्रतिनिधिसभा सदस्यतर्फ बाजुरामा नेपाली कांग्रेसका उमेदवार बद्रीप्रसाद पाण्डेको अग्रता कायम छ। दोस्रो स्थानमा एमालेका कर्णबहादुर थापा छन्।

  • १६ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech